प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधि सभाको मंगलबारको बैठकपनि अवरोध गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको बताउने वित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका हुन् । सो क्रममा उनीहरुले एमालेले कारवाही गरेका सांसदहरुलाई सदनमा प्रवेश गराएको भन्दै नारावाजी गरेका थिए ।

त्यस्तै एमालेका सांसदहरुले पदीय दायित्व कायम गर, कालोधन चाहिदैन, देश लुट्न पाइदैन लगाएतका नारा लगाएका थिए । बिरोधपछि सभामुख अग्नि सापकोटाले सहज रुपमा सभा सञ्चालन गर्नका लागि सहयोग गर्न अनुरोध गरेका थिए । उनले जनप्रतिनिधिको सर्वोच्च निकाय संसद एवं संसद सदस्यले स्वीकृत बिधि, पद्धती पालना गर्नु कुरामा अझै बढि संवेदनशिल एवं प्रतिवद्ध हुन आवश्यक रहेको बताएका थिए ।

एमालेका सांसदहरुको बिरोधकाबीच बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठकमा असोज २२ गते शुक्रबार १ बजे बोलाइएको छ । माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिस सभामुखले कार्यान्वयन नगरेको भन्दै एमालेले निरन्तर रुपमा प्रतिनिधिसभा बैठकमा बिरोध गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here