राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापनाका लागि भन्दै काठमाडौंंमा बृहत प्रदर्शन गरेको छ । काठमाडौँको भृकुटीमण्डपबाट सुरू भएको -याली रत्नपार्क पुगेर सभामा परिणत भएको थियो ।

प्रदर्शनमा सहभागीहरुले मुलुकलाई स्थीरता र बिकासतर्फ लान हिन्दुराष्ट्र र राजसंस्थाको बिकल्प नभएको बताएका थिए । प्रदर्शनपछि आयोजित सभामा राप्रपा अध्यक्ष कमल थापाले नेपालको राजनीति इतिहासमै संकटपूर्ण घडीबाट गुज्रिरहेको बताए ।

उनले कहिले उत्तरबाट र कहिले दक्षिणबाट नेपालमा स्वाभिमान र सार्वभौमिकतामाथि प्रहार गर्ने भइरहेको आरोप पनि लगाए । अध्यक्ष थापाले प्रतिनिधि सभा विघटनले संवैधानिक जटिलता ल्याएको बताए । नेपालको अस्तित्व कायम राख्नका लागि हिन्दुराष्ट्र कायम र राजसंस्थासहितको लोकतन्त्र नै उचित हुने उनले बताए ।

त्यस्तै राप्रपाका अर्का अध्यक्ष पशुपति शम्सेर राणाले प्रतिनिधिसभा बिघटन गरेर प्रधानमन्त्रीले संविधान विपरितको काम गरेको बताए । त्यस्तै उनले हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना नगरेसम्म मुलुक अघि नबढ्ने धारणा राखे ।

त्यस्तै राप्रपाका अन्य नेताहरुले मुलुक संकटमा फस्दै गरेकाले आफुहरु बिरोध प्रदर्शनमा उत्रनुपरेको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here