नेपाली कांग्रेसको कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल चयन भएका छन्। सर्वसम्मत रूपमा बुधबार कांग्रेस कीर्तिपुर नगर कार्यसमिति चयन गरिएको हो।

डंगोल पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट हुन्। यस्तै उपसभापतिमा सुदन बस्नेत र राजिता महर्जन गौतम चयन भएका छन्।

सचिवमा भने इच्छाकुमार महर्जन र किरण केसी चयन भए। सहसचिवमा सूर्यकान्त कोइराला र सानुमैया महर्जन चयन भएका छन्।  यस्तै कोषाध्यक्षमा भने पवित्रा विष्टलाई मनोनित गरिएको छ। कांग्रेस विधानअनुसार कोषाध्यक्ष पदमा मनोनित गर्ने व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here