भक्तपुरमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो सवा १ बजे भक्तपुर नगरपालिका २ इतापाकोमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। करेन्ट लाग्दा एक जना व्यक्ति तारमै अड्किएको र अर्को पछारिएको भन्ने खबर प्रहरीले पाएको थियो। सो खबरपछि बिजुलीको लाइन काट्न लगाई प्रहरीको टोली एम्बुलेन्स सहितको प्रहरी टोली खटिएको थियो।

गम्भीर घाइते भएका दुबै जनालाई भक्तपुर अस्पताल पु¥याउँदा दोलखा मेलुङ गाउँपालिका–५ का २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here