नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले राम्रा काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिएपनि नकारात्मक रुपमा लिएको आरोप लगाएका छन् ।

मंगलबार पेरिसडाडामा नेपाली कम्युनिष्ट आन्दोलनका नेता स्वनाम साथीको श्रद्धाञ्जली कार्यक्रममा उनले जनताको समस्याका बारेमा प्रधानमन्त्रीलाई सुझाव दिएपनि त्यसलाई स्वीकार नगरेको आरोप लगाएका हुन् ।

उनले सरकार, जनजिविका र बिभिन्न बिषयमा छलफल गर्न बैठक बोलाउन आग्रह गरेपनि नमानेको बताए ।

नेपालले ओली पक्षको धुलो छाप केन्द्रीय सदस्यहरु टिकटका लागि दौडधुपमा लागेको उल्लेख गरे । उनले पूर्वमाओवादीको नाम लिएर जवजलाई प्रभाव पार्ने कार्य स्वीकार्य नहुने धारणा पनि राखे।

त्यस्तै नेता नेपालले नेपालको परिवर्तन र कम्युनिष्ट आन्दोलनमा स्वर्गीय सोनाम साथीको योगदान महत्वपूर्ण रहेको जिकिर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here