नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले संसद बिघटनको कदमले संघीयता, गणतन्त्र, समावेशिता लगायतका उपलब्धि धरापमा परेको बताएका छन् ।

संसद् विघटन असंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालले संसद बिघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएपनि बिघटन गरेर बिभिन्न आन्दोलनको उपलब्धीहरु धरापमा परेको बताएका हुन् ।

नेपालले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सँगै सडकमा आउन प्रमुख प्रतिपक्षी कांग्रेस र जनता समाजवादी पार्टीलाई आग्रह गरे । एकजनाको गलत व्याख्याको आधारमा सिंगो मुलुक कुर्बान हुन नसक्ने भन्दै उनले अधिनायकवादको विरुद्धमा एक भएर अघि बढ्नुपर्ने उल्लेख गरे ।

उनले अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको स्पष्ट पारे । स्थिरताका लागि संविधानले गरेका व्यवस्थालाई मानेर अगाडि बढ्नुपर्ने र तिनलाई जोगाउनुपर्ने उनले बताए ।

त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको असंवैधानिक काम गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अयोग्यता देखाएको बताए । संसद् विघटनले राष्ट्र, लोकतन्त्र र संविधामाथि आँच आएकाले प्रतिपक्षीले सडक संघर्षमा जाने निर्णय गरेको उनले जानकारी दिए ।

त्यस्तै जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले संविधानले कुनै पनि हालतमा प्रधानमन्त्री ओलीलाई नै संसद् विघटनको अधिकार नभएको जिकिर गरे ।

उनले जनताको मत अनुसार ५ बर्षसम्म संसद चलााउने र जनताको कुरा राख्ने सांसदहरुको अधिकार नै खोसिएको बताए । अहिले संविधान जोगाउन र नागरिकका अधिकार सुरक्षित गर्नका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा आउनुपर्ने अवस्था आएको उनको भनाई छ ।

यादवले संसद् विघटनको कदम कानुनी मात्रै नभएकाले यसको राजनीतिक बाटो पनि खोज्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here