राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्वद्ध विद्यार्थी संगठनले पृथ्वी जयन्तीमा भएको घरपकडलाई राज्य आतंकको संज्ञा दिँदै दोषीमाथि कारवाहीको माग गरेको छ ।

‘राप्रपाका अध्यक्ष एवं राष्ट्रवादी आन्दोलनका सर्वोच्च शिखरपुरुष, नैतिकवान नेता पशुपति शम्शेर जबरामाथि भएको धरपकड अराजनैतिक, राज्य आतंक भएको’ राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन संयुक्तले मंगलबार एक विज्ञप्ति जारी गर्दै बताएको छ ।

राष्ट्रवादी आन्दोलन तुहाउने कुचेष्टा नगर्न र ज्यादती अविलम्ब बन्द गर्न राप्रपानिकट विद्यार्थी संगठनले सरकारलाई चेतावनी दिएको छ ।

विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाहीद्वारा जारी विज्ञप्तिमा सोमबारको घटनाको घोर निन्दा र भत्र्सना गरिएको छ । घटनामा घाइते नेता कार्यकर्ताको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

२९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पावन अवसरमा राष्ट्र निर्माता स्वर्गीय श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सिंहदरवारस्थित शालिकमा माल्र्यापण गर्न जाने क्रममा राप्रपाद्वारा निकालिएको बृहत्त र्यालीमा धरपकड गरिएको भन्दै अध्यक्ष शाहीद्वारा जारी विज्ञप्तिमा आपत्ति जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here