नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले काम गर्न नदिएको एउटा मात्र प्रमाण देखाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।

बुधबार काठमाडौंमा अयाोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले पार्टीले काम गर्न नदिएको हुँदा संसद् विघटन गरेको दाबी ओलीले गर्दै आएको भन्दै एउटा प्रमाण देखाउन चूनौती दिएका हुन् ।

प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान धरापमा भएको भन्दै त्यसको रक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा आएको धारणा राखे ।

आफुहरु निकासका लागि छलफलमा जुटेको भन्दै राष्ट्र र जनताको अगाडि देखापरेको संकटलाई समाधान गर्ने उदेश्य सफल हुने उनले बताए ।

प्रचण्डले केपी ओलीले संविधान मिचेजस्तै अन्य संवैधानिक निकायले पनि त्यही गर्न थाले जनताले हेरेर नबस्ने चेतावनी दिए ।

निर्वाचन आयोगको तर्फबाट विधिसम्मत हुने र पार्टीको नाम र सूर्य चिन्ह आफुहरुकै हुने उनले दावी गरे । उनले ओलीको नौटंकी र जोकरपनको पछाडी कोही नलाग्ने पनि तर्क गरे ।

नेकपाको पछिल्लो केन्द्रीय कमिटी बैठकले पार्टीको विधान अनुसरण गर्दै अघि बढेको र आफूहरु नै पार्टीको मूल धार, विधि र संस्थागत भएको उनले दाबी गरे ।

त्यस्तै भेलालाइ सम्बोधन गदै नेकपा प्रचण्ड–नेपााल पक्षका अध्यक्ष माधव नेपालले संसद बिघटन गरेर ओलीले मुलुकलाई अस्थीरतातर्फ ढकल्ने असंवैधानिक काम गरेको आरोप लगाए । नेपालले ओली गुटले फैलाएका भ्रमलाई एक–एक गरी चिर्दै अगाडि बढ्न कार्यकर्तालाई आग्रह समेत गरे । नेपालले लोकतन्त्र र संविधानमा प्रहार गरेपछि प्रधानमन्त्री ओली एक्लिँदै गएको दावी गरे ।

भेलालाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल पक्षकी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलेप्रधानमन्त्री ओलीलाई तानशाही र स्वच्छाचारी भएको बताउदै गणतन्त्रमाथि धावा बोलेको आरोप लगाईन । शाक्यले कुनै पनि आन्दोलनमा काठमाडौँ जागेपछि आन्दोलन सफल भएको बताउदै अब प्रतिगमनविरुद्धको यो आन्दोलनमा पनि काठमाडौँ बासिलाई जाग्न आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here