नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर खराब माैसमकाकारण गाेरखामा अवतरण गरेको छ।

पर्वतका सहिद हरिदत्त तिवारीकाे स्मृति सभामा सहभागी हुन बिहीबार पर्वत हिँडेका देउवा चढेको हेलिकप्टर खराब माैसमकाकारण गाेरखाकाे आँपपिपल भन्ने स्थानमा अबतरण गरेकाे कांग्रेस नेता अर्जुनप्रसाद जाेशीले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन्।

देउवाका नीजि सचिव भानु देउवाका अनुसार केही समयकाे बसाइपछि माैसममा सुधार आएपछि पुनः गन्तव्यतर्फ उड्ने तयारी भइरहेको छ।
हेलिकप्टरमा देउवासगै नेता गाेपालमान श्रेष्ठ र जाेशी रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here