प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई फर्किन सुझाव दिएका छन् । शनिबार काठमाडौंमा प्रदेश नम्बर १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाले कसैको पनि पद नखोसेको भन्दै पार्टीमा फर्किन प्रचण्ड र नेपाललाई सुझाव दिएका हुन् ।

त्यस्तै, ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहलाई पार्टीमा नफर्किए चुनावमा सहभागी हुन समेत आग्रह गरे । त्यस्तै उनले प्रचण्डलाई तीन वर्षसम्म प्रचण्डलाई कम्युनिष्ट तालमा हिँड्न सिकाए पनि नसकेको भन्दै कटाक्ष गरेका थिए ।

प्रधानमन्त्री ओलीले देशका राष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत, निर्वाचन आयोग लगायतमाथि अनावश्यक दबाब दिने र गाली बेइज्जती गरेको आरोप लगाए । पार्टी अध्यक्षविरुद्ध अराजक, अनुशासनहीन ढंगले सडक, सञ्‍चारमाध्यमहरुमा गएर असभ्य बोल्ने काम भएको भन्दै उनले असन्तुष्टि जनाए । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमा कि बृहत् इजलासमा भन्नेमा विवाद गरेर अड्को थापिएको उनको आरोप छ ।

त्यस्तै उनले प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन अवस्थामा रहेका बेला कुनै न्यायाधीशलाई नभेटेको भन्दै न्यायाधीशहरुलाई भेटेको प्रमाण देखाउन चूनौती दिए । ओलीले केही विषय नपाएपछि मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णयमा धारा खुलाइएको छैन भनेर टिप्पणी गरेको तर्क गरे ।

भेलामा नेकपा (ओली पक्ष)का नेता सुवासचन्द्र नेम्वाङले संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा चलिरहेकाले आफू बोल्न नमिल्ने बताए । आफुले यसअघि बोलेको भिडियोप्रति टिकाटिप्पणी उठेको भन्दै उनले संसद बिघटन प्रधानमन्त्रीको अधिकार भएको धारणा राखे । संसद् विघटनको मुद्दा सर्वोच्च अदालतले टुंगो लगाउने भनेपनि संसद् विघ‍टन गरेर घोषणा गरिएको निर्वाचन भने हुने ठोकुवा गरे।

उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव बिष्णुप्रसाद पौडेल रहेको पार्टीले नै आधिकारिकता पाउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here