नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव नेपालले आफुलाई सत्तामा पुग्नका लागि ओलीले पार्टी एकतालाई सिढीको रुपमा मात्रै प्रयोग गरेको बताएका छन् । आइतबार नेपालगञ्जमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

केपी ओली अहिलेसम्म कम्युनिष्ट पार्टी एकताको अभियानमा सहभागी नभएको दावी गर्दै अध्यक्ष नेपालले ओली तानाशाही बन्न खोजेको बताए ।

उनले विगतमा आफु र झलनाथ खनाल प्रधानमन्त्री हुँदा सामान्य समस्या आउँदा राजिनामा दिएको स्मरण गर्दै अहिले ओलीले पार्टीमा बहुमत गुमाएको अवस्थामा राजिनामा दिनु नै उत्तम हुने दावी गरे ।

कार्यक्रममा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले गरेको प्रतिनिधीसभा विघटनलाई प्रतिगमनको संज्ञा दिए । भेलामा नेकपा स्थायी कमिटिका सदस्य युवराज ज्ञवाली, बर्षमान पुन, ओनसरी घर्ती लगायतले सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here