काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वी नेपालको भ्रमणमा जाने भएका छन्। सोमबार र मंगलबारको वर्षाका कारण भएको क्षतिको निरीक्षणका लागि प्रधानमन्त्री देउवा आइतबार बिहान पूर्व क्षेत्र जान लागेका हुन्।

प्रधानमन्त्री देउवा बिहान ८ बजे हेलिकप्टरबाट सशस्त्र प्रहरीको बराह बाहिनी पकली जाने र पकलीमा सुरक्षा प्रमुखहरूले बाढीपहिरोको अवस्थाबारे जानकारी गराउने कार्यक्रम रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

सुरक्षा प्रमुखहरूको ब्रिफिङपछि इलाम र पाँचथरमा बाढी पहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गर्ने कार्यक्रम रहेको उनले बताए। प्रधानमन्त्री देउवासँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्की पनि जाँदैछन्।

बाढीपहिरोका कारण प्रदेश १ मा ७० जनाको मृत्यु भएको छ। एक दर्जनबढी बेपत्ता छन्। धानबालीमा अर्वौंको क्षति पुगेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here