नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार ४६औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेका छन् । उच्च सुरक्षा व्यवस्थासहित क्यापिटल हिलमा उनले शपथ लिएका हुन्।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट विशेष कार्यक्रमसहित उनले पद तथा गोपनियताको शपथ लिए। उपराष्ट्रपतिको रुपमा भने कमला ह्यारिसले शपथ लिएकी हुन् । यससँगै कमला ह्यारिस भने पहिलो दक्षिण एसियाली, पहिलो महिला र अस्वेत उपराष्ट्रपतिको रुपमा चुनिएकी हुन् ।

जमैकन बाबु भारतीय आमाकी छोरी कमला अमेरिकी इतिहासमा उपराष्ट्रपतिमा विजयी हुने पहिलो महिला हुन् । उनी अफ्रिकी–अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति तथा एशियाली– अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति हुन् ।
अमेरिकामा गत नोभेम्बर ३ मा सुरु भएको निर्वाचनको परिणाम अनुसार डेमोक्रयाट्सका जो बाइडेन निर्वाचित भएका थिए।

सपथ लिएलगत्तै बाइडेनले आजको दिन लोकतन्त्र दिन भएको बताए । उनले आजको दिन अमेरिकाको दिन भएको बताउँदै यो इतिहास र आशाको दिन भएको बताए । ‘अमेरिकाको धेरै पटक परीक्षा भएको छ र यो निकै चूनौतिहरुका साथ उभिएको छ । आज हामी एक जना उम्मेद्वारको जित मनाउन होइन, प्रजातन्त्रको जित मनाइरहेका छौं,’ बाइडेनले भने।

शपथ ग्रहणमा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएनन्। निर्वतमान उपराष्ट्रपति माइक पेन्स भने बाइडेनको शपथमा सहभागी भए। शपथ ग्रहणमा पूर्व राष्ट्रपतिहरु बाराक ओबामा, जर्ज डब्लु बुस, बिल किल्न्टन पनि उपस्थित भए।

आजै ७८ वर्षीय बाइडेन ह्वाइट हाउस प्रवेश गर्नेछन्। ह्वाइट हाउस प्रवेश गर्ने बाइडेन सबैभन्दा पाका उमेरका अमेरिकी राष्ट्रपति हुन्।

शपथ ग्रहण समारोहमा अमेरिकी सेना, लेडी गागा, जनेफर लोपेज लगायतले प्रस्तुती दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here