तस्बिर: आशिष देवकोटाको फेसबुकबाट

मुगु सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । गएराति साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट सुरु आगलागीले भीषण रुप लिएको थियो । अहिले सम्म आगलागीबाट १७ ओटा घर र ३ घुम्ती पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

गमगढी बजारका घरहरु एक अर्कासंग जोडिएको हुनले आगोले उउग्रह रुप लिएको बताइएको छ । आगो नियन्त्रण गर्नका लागि गोरख मल्लको कच्ची घर भटाइएको छ। आगो बिहान साढे ४ बजे नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।

यस आगलागीबाट धनमालको ठुलो क्षति भएको छ भने मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here