प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज बिश्वासको मत लिंदैछन् ।

आज साढे १२ बजे बस्न लागेको प्रदेश-१ को प्रदेश सभा बैठकमा मुख्यमन्त्री राई बिश्वासको मत लिने भएका हुन् ।

पाँच दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राईले आइतबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव दर्ता गराएका थिए ।

यसअघि तत्कालिन मुख्यमन्त्री भिम आचार्यले मुख्यमन्त्री पदबाट राजिनामा दिएपछि गठबन्धनले नेकपा एकीकृत समाजवादी पार्टीका नेता राईको नेतृत्वमा सरकार गठन गरेको थियो ।

उक्त गठबन्धनमा एस संगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिकको समर्थन रहेको छ ।

९२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक छ । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी गठबन्धनका ५० सांसदको साथ पाएका राईलाइ बिश्वासको मत लिन कुनै कठिनाई नहुने देखिएको छ ।

मुख्यमन्त्री राईलाई विश्वासको मत दिन प्रदेश सांसदहरूलाई अहिले विराटनगरस्थित बिग होटलमा राखेर पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले निर्देशन दिएका छन् ।

त्यस्तै, यता प्रमुख प्रतिपक्षी एमालेले गठबन्धनका प्रदेश सांसदहरूलाई फकाएर राईको प्रस्ताव विफल गराउन सक्ने भन्दै गठबन्धनका सबै सांसदहरूलाई बिग होटेलमा रखिएको छ।

मुख्यमन्त्री राईले बिश्वासको मत लिएपछि मात्र सरकार विस्तार हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here