प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले विश्वासको मत पाएका छन् ।

प्रदेश १ प्रदेशसभामा बुधबार भएको मतदानका क्रममा मुख्यमन्त्री राईको पक्षमा ५० मत प्राप्त भएको थियो । त्यस्तै विस्वासको मतको प्रस्तावको बिपक्षमा २९ मत प्राप्त भएको थियो ।

राईलाई सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका सांसदले मत दिएका हुन् । प्रमुख विपक्ष एमालेले भने विपक्षमा मतदान गरेको थियो । मुख्यमन्त्री राईले प्राप्त गरेको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मत प्राप्त गरेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

मुख्यमन्त्री राई कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here