नेकपा एमालेका नेता महेश बस्नेतले आफूले दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता बस्नेतले आफूले सचिवमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् । बस्नेतले आफूले पार्टीमा खेलेको भूमिकाको कारण पनि देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिहरुले अत्यधिक मत दिने र विजयी बनाउने पनि दावी गरे ।

त्यस्तै नेता बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली नै दशौं महाधिवेशनबाट सर्वसम्मत् अध्यक्ष हुने पनि दाबी पनि गरे । पार्टीले यसअघि नै विधान महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेकोले चितवनमा हुने १०औं महाधिवेशनमा नेतृत्व चयन गरिने उनले जानकारी दिए ।

त्यस्तै उहाले पार्टीको अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेका भीम रावललाई उम्मेद्धवारी फिर्ता गर्न पनि सुझाव दिए । उनले भने, ‘अब भीम रावल कमरेडले उम्मेद्धवारी फिर्ता लिएर पार्टीभित्र आफूलाई सेट गरेर महत्वपूर्ण जिम्मेवारी लिएर जाने कुरा चाहीँ सबैभन्दा राम्रो र उचित विकल्प हो । यदि जानुभएन भने त निर्वाचनमा जान हामी बाध्य हुन्छौं । डिजिटल प्रणालीबाट निर्वाचन गर्ने भनेर मेशिन तयार छ । यदि सर्वसम्मत् हुने कुरामा उहाँले स्विकार गर्नुभएनभएन भने निर्वाचन स्विकार्नुको उपायबाहेक हामीसँग अर्को उपाय रहँदैन् ।’

त्यस्तै बस्नेतले यसपटक प्यानल बनाउने कुनै प्रक्रिया नै नहुने जिकिर पनि गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here