नेपाली कांग्रेसका स्व नेता नविन्द्र जोशीकी पत्नी सपना राजभण्डारी जोशी कांग्रेस महाधिवेशन प्रतिनिधि बनेकी छिन् । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत काठमाडौँ क्षेत्र नं ८ बाट जोशी महाधिवेशन प्रतिनिधि खुल्ल्ला महिला तर्फबाट बिजय भएकी हुन् । त्यस्तै सोहि क्षेत्र बाट जोशीका दाजु राजुराज जोशी पनि महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

स्व जोशी काठमाडौँ क्षेत्र नं ८ बाट २०६४ र २०७० मा निर्वाचन जितेका थिए। उनको १३ चैत्र मस्तिष्कघातका कारण निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here