राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । मन्त्रिपरिषदको शिफारिशमा राष्ट्रपतिले परियारलाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख पदबाट मुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

राष्ट्रपति रौतहटका राजेश झालाई प्रदेश प्रमुख निक्युत पनि गरिसकेकी छिन् । प्रवक्ता पन्तका अनुसार नेपालको संविधानको धारा १६३ उपधारा (२)बमोजिम नेपाल सरकारको सिफारिशमा उनलाई आज प्रदेश प्रमुखमा नियुक्त गरिएको हो ।

एकाएक परियारलाई पदमुक्त गरिनुको कारण भने अहिलेसम्म खुलेको छैन । संविधानको धारा १६५ को खण्ड (ख) मा ‘निजको पदावधी समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजमुक्त गरेमा’ भन्ने प्रावधान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here