नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धा हारिसकेको बताएका छन् । मंगलबार काठमाडौंमा विद्यार्थी नेता तिलक भण्डारीद्वारा लिखित ‘जनयुद्धको हस्ताक्षर’ नामक पुस्तकको विमोचनमा उनले अदालतप्रति विश्वास रहेको र जनताको पक्षमा आउने फैसलाको औपचारीक रुपमा घोषणा हुन मात्रै बाँकी रहेको बताए ।

प्रधानमन्त्री ओलीले अहिलेको मुद्दा हारिसकेको तर व्यवहारिक रूपमा परास्त गर्नका निम्ति पार्टीले आन्दोलन अगाडि बढाउनुपर्ने उनको भनाई थियो ।

अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध पुस ५ देखि शान्तिपूर्ण युद्ध जारी रहेको रहेको बताए । जनआन्दोलन र जनयुद्धका उपलब्धि धराशायी हुने खतरा उत्पन्न भएकोले अहिलेको युद्ध जित्नुपर्ने उनले बताए ।

प्रचण्डले धेरै मेहनत गरेर पार्टी एकता गरे पनि प्रधानमन्त्री ओलीले विघटन र विसर्जतिर लैजान खोजेको आरोप पनि लगाए । उनले ओलीले ७० बर्ष लामो संघर्षले ल्याएको परिवर्तनलाई अपहरण गर्न खोजेको टिप्पणी पनि गरे ।

चुनवाङ बैठकबाट माओवादी शान्तिपूर्ण राजनीतिमा आएको भन्दै उहाले अहिलेपनि एक पक्ष जनयुद्धमा भएको त्याग तपस्या बलिदानीलाई महत्व दिन नचाहेको बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here