नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला स्वागतयोग्य रहेको बताएका छन्। सभापति देउवाले संवैधानिक इजलासले मंगलबार स्वतन्त्र रुपमा प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेर संवैधानिक दायित्व पुरा गरेको बताएका हुन्।

उनले सामाजिक संजालमा भनेका छन,’मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो।सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ।’

संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च रहेको बताउदै देउवाले सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको बतेका छन् । उनले सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई धन्यबाद दिएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको ५ सदस्यीय इजलासले फैसला भएको १३ दिनभित्र प्रतिनिधि सभाको संसद अधिवेसन बोलाउन आदेश दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here