नेप्सेमा तीन कम्पनिको मुल्य समायोजन भएको छ । नेप्सेले एभरेष्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र सबैको लघुवित्तको नयाँ मुल्य निर्धारण गरेको हो। एभरेष्ट बैंकको ६ प्रतिशत, शाइन रेसुंगा डेभलपमेन्टको १०.१३ प्रतिशत र सबैको लघुवित्तको ३१.०५ प्रतिशत बोनसमा शेयर समायोजन भएको हो ।

बिहिबार प्रतिकित्ता प्रतिकित्ता ५८३ रुपैयाँ कारोबार भएको एभरेष्टको मुल्य समायोजनपछि नेप्सेले ५ सय ५० रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १०.९३% बोनस सेयर समायोजनपछिको मुल्य नेप्सेले ४ सय ३ रुपैयाँ ८६ पैसा निर्धारण गरेको छ । हिजो भने शाइन प्रतिकित्ता ४४८ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सबैको लघुवित्तको ३१.०५% बोनस सेयरपछिको भाउ नेप्सेले १५ सय ४ रुपैयाँ ०१ पैसा निर्धारण गरेको छ । बिहिबार सबैको सबैको लघुवित्तको १ हजार ९७१ रुपैयाँमा कारोबार भएको थियो ।

अब आइतबार यही मुल्यको आधारमा यी तीन कम्पनिको शेयर कारोबार हुनेछ ।

यससंगै एभरेष्ट बैंकको २७ औँ वार्षिक साधारण सभा पुस १ गते केन्द्रिय कार्यालयमा बोलाएको छ । उक्त सभामा कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र कर सहित गरी ४.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १३ औं साधारण सभा मंसिर २९ बिहान ११ डाकेको छ । यस सभामा कायम चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस शेयर,र कर सहित गरि ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ३ गते साधारण सभामार्फत हाल कायम चुक्ता पूँजीको ३१.०५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब पारित गर्दैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here