धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ४९.१९ अङ्कले वृद्धि भई दुई हजार ८३४.१३ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.३४ अङ्कले बढेर ५२८.८७ मा पुगेको छ । कारोबार भएकामध्ये आज १७० कम्पनीको शेयर उकालो लागेको छ भने १९ कम्पनीको शेयर ओरालो लाग्दा एक कम्पनीको शेयर मूल्यमा भने कुनै उतारचढाव आएन ।

कूल एक करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर रु ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब तीन अर्ब ७६ करोड ५८ लाख ४२ हजार २७ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा आज पनि अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १६ करोड ८३ लाख २२ हजार ६९५ बराबरको कारोबार भयो ।

यस्तै, गुर्खाज फाइनान्स रु १६ करोड २६ करोड ७२ लाख ६२४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १५ करोड ६४ लाख तीन हजार ७७९, नेपाल दूरसञ्चार कम्पनी रु १३ करोड ८२ लाख ५२ हजार ५६५ र नेपाल पुनरबीमा कम्पनी रु ११ करोड ५९ लाख २३ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here