दर्शक सहितअष्ट्रेलियन ओपन ग्राण्डस्लाम टेनिस हुनेभएको छ।
अष्ट्रेलिया सरकारले अष्ट्रेलियन ओपनको खेल हेर्न दर्शकलाई प्रवेश गर्न दिने निर्णय गरेको छ।

दैनिक ३० हजार दर्शकलाई खेल हेर्न भिक्टोरिया मिनिस्टर फर स्पोर्ट्सले अनुमति दिने निर्णय गरेको छ ।

क्वाटरफाइनलमा भने २५ हजार दर्शकलाई अनुमति दिईने बताईएको छ ।
अष्ट्रेलियन ओपन फेब्रुअरी ८ देखि १२ सम्म मेलबर्नमा हुँदैछ ।

प्रतियोगिताको लागि खेलाडीहरु मेलबर्न पुगिसकेका छन् । खेलाडीहरु क्वारेन्टिनमा बसेका छन् ।

कोरोना भाईरसको महामारीबीच प्रतियोगिता हुन लागेको हो ।
अष्ट्रेलियाले यस अघि बिग बास लिगमा समेत सिमित दर्शकलाई मैदान प्रवेशको अनुमति दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here