भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको खोप लागेका छन् । प्रधनमन्त्री मोइदले सोमबार बिहान दिल्लीको एम्समा भारतमा नै बनेको ‘कोवैक्सीन’ को पहिलो डोज लिएको भारतीय संचार मध्यमले जनाएको छ । उनलाई पुडुचेरीकी नर्स पी निवेदाले खोप लागेकी थिइन्। 

भारतमा नै बनेको उक्त खोप को बिषयमा बिपक्ष दल कांग्रेसले पटक-पटक सवाल उठाउदै आइराखेका थिए । कांग्रेसले मोदीले उक्त खोप किन नलगाएको भन्दै उनि बिरुद्ध खनिएका थिए । विभिन्न रुपमा विवादास्पद बनेको उक्त खोपको विश्वसनीयता बारे सन्देश दिन मोदीले उक्त खोपको पहिलो डोज लिएको भारतीय संचार मध्यमले जनाएको छ । ‘कोवैक्सीन’ भारतमा नै बनेको खोप हो।

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री एवम समाजवादी पार्टीका नेता अखिलेश यादवले भाजपाको खोप माथि आफुलाई भरोसा नभएको बताएका थिए। उनले आफ्नो सरकार आएपछि सबैलाई निशुल्क खोप लगाउने बताएका थिए।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here