काठमाडौंमा जारी ललित स्मृति यू–१८ फुटबल प्रतियोगितामा समूह विजेता बन्दै ब्रिगेड ब्वाइज क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेसमा मंगलबार भएको खेलमा बिग्रेड व्बाइजले नेपाल पुलिस क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

ब्रिगेडको जितमा रेजिन सुब्बा, व्रिजेश चौधरी र शिशिर लेखीले समान एक–एक गोल गरे । समूह सी को ब्रिगेडले ३ खेलबाट ९ अंक जोड्यो । यस्तै पुलिसको ३ खेलबाट ६ अंक रहेको छ ।

एक खेल खेल्न बाँकी सरस्वती र जावलाखेल अंक विहीन छन् । एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा ’ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । भने उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।