एल.जी.को डबल डोर रेफ्रिजेरेटरको माग बजारमा व्यापक रुपले बढेको छ।

नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्तर्गत रहेको एल.जी. कम्पनीका अनुसार, डोर कुलिङ र इन्भर्टर लिनियर कम्प्रेसरको विशेषता भएको डबल डोर रेफ्रिजेरेटर, नेपाली बजारमा ल्याए लगतै यसको माग बढेको हो।

यस टेक्नोलोजिले खानालाई १४ दिन सम्म ताजा र स्वच्छ राख्नुका साथै उक्त रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ।

एल.जी.को आधिकारी विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.लि. रहेको छ।