अर्थमन्त्री युवराज खतिवडाले पुस्तकमाथिको कर ज्ञानमाथिको कर नभएर त्यसको व्यापार व्यवसाय गर्दा कमाएको मुनाफाबाट केही अंश राज्यलाई बुझाउन भनि यो व्यवस्था गरेको दाबी गरे।

अर्थिक विधेयकमाथि प्रतिनिधि सभामा भएको छलफलमा उनले पुस्तक व्यवसायीले ग्राहकलाई ३५ प्रतिशतसम्म छुट दिने गरेको बताउँदै यसरी दिने छुट उनीहरुले आर्जन गर्ने मुनाफाभित्रैको भएको बताउँदै यसरी लगाइएको १० प्रतिशत कर युनेस्कोको प्रावधान विपरित नभएको दाबी गरे।

उनले यसरी बाहिरबाट पुस्तक छपाएर ल्याउने र देशभित्र रहेका छापाखानाले प्रतिस्पर्धा गर्न सक्ने स्थिति नभएको भन्दै नेपाली छापाखानाको हितका लागि पनि यो व्यवस्था गरिएको बताए।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रदिप गिरिले विगतमा तत्कालिन अर्थमन्त्री रामशरण महतले पुस्तकमाथि कर लगाउने प्रस्ताव गर्दा अहिलेको सत्तारुढ दलकै नेताहरुले पनि विरोध गरेको स्पमरण गराउँदै पुस्तकमाथिको कर व्यवस्था औचित्यहिन भएको बताएका थिए।