एनसीसी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा २०७६ साल आषाढ ३ गतेबाट एनसीसी भिसा क्रेडिट काड शुभारम्भ गरेको छ।

यस बैंकको भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि एटिएम÷पिओएस मेशिनमार्फत सामान वा सेवा लिन सकिने, इएमभी चिपमा आधारित सुरक्षित कार्ड, यात्राको लागि विशेष उपयोगी, भुक्तानीमा लचकता र नगद झिक्न सकिने सुबिधा रहेको एनसीसी बैंकले जनाएको छ।

एनसीसी भिसा क्रेडिट कार्डको शुभारम्भ अफर भनेर बैंकले आषाढ महिना भरी नयाँ एनसीसी उत्सव बचत खाता खोल्ने ग्राहकहरुलाई पहिलो वर्ष निशुल्क एनसीसी भिसा क्रेडिट कार्ड उपलब्ध गराउने घोषणा पनि गरेको छ।

हाल बैंकले १२० वटा शाखा कार्यालय, ८१ वटा एटिएम मेशिनबाट आफ्नो सेवाहरु विस्तार गरिरहेको छ। साथै एनसीसी डेबिट कार्ड, एनसीसी युएस डलर ट्राभल्स भिसा कार्ड, एबिबिएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सिएएसबीए लगायतका माध्यमबाट समेत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ।

समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको पनि बैंकले जनाएको छ।