नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लि. र ग्राण्डी इन्टरनेसनल अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरmलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ।

सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र अस्पतालका तर्फबाट मार्केटिंग विभाग प्रमुख दिनेश पौडयालले हस्ताक्षर गरेको एनसीसी बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

सम्झौता अनुसार, अब एनसीसी बैंकका कर्मचारी तथा ग्राहकहरmले ग्राण्डी अस्पतालका सेवाहरmमा विशेष छुट पाउनेछन्।

बैंकका ग्राहकहरmले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्ने बैंलले जनाएको छ।।

बैंकले आफ्ना १२० वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ। बैंकको देशभर ८१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ।