चर्चित हाँस्यकलाकार तक्मेबुढा उर्फ विल्सन विक्रम राईलाई नेपाल सरकारको तर्फबाट पदक प्रदान गरिएको छ । उनलाई किर्तिमय राष्ट्रदिप चतुर्थ प्रदान गरिने भएको हो ।

संविधान दिवसको अवसरमा प्रत्येक वर्ष सरकारले विभिन्न विधानमा ख्याती कमाएका व्यक्तित्वहरुलाई किर्तिमय राष्ट्रदिप प्रदान गर्ने गरेको छ । यो वर्ष विल्सन सहित ८ जनालाई सरकारले सो पदक प्रदान गर्ने निर्णय गरेको छ । यसअघि उनी प्रबल जनसेवा श्री चौथो पदकबाट विभूषित भईसकेका छन् ।

संविधान दिवसको अवसरमा घोषणा गरिएको पदक आउँदो बैशाखमा गणतन्त्र दिवसको अवसरमा शितलनिवासमा विशेष समारोहबाट प्रदान गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here