||तस्बिर: कारखाना उदघाटन गर्ने क्रममा किम संगै उनको बहिनी किम यो जोंग (किमको दाँया ) पनि सहभागी।||

उत्तर कोरियाका नेता किम जोङ उन शुक्रबार २० दिनपछि सार्वजनिक रुपमा उपस्थित भएका छन् । उनले हिजो एक मल कारखाना उदघाटन गरेको अन्तराष्ट्रिय संचार मध्यमले जनाएको छ। संचार मध्यमका अनुसार किम ११ अप्रिलको पोलिटब्युरोको बैठक पछि सार्वजनिक रुपमा काही उपस्थित भएका थिएनन्। उनले त्यही दिन एअर-डिफेन्स युनिट र फाइटर जेट्स को पनि निरिक्षण गरेको बताइएको छ ।

तस्बिर: कारखाना उदघाटन गर्ने क्रममा किम संगै उनको बहिनी किम यो जोंग (किमको दाँया ) पनि सहभागी।

अप्रिल १५ मा उनको हजुर बुवा किम इल सुंगको जन्मदिनको वार्षिकोत्सव समारोहमा उपस्थित थिएनन्न। उनि पहिलो पटक आफ्नो हजुर बुवाको वार्षिकोत्सव समारोहमा उपस्थित भएका थिएनन्। त्यसपछि किमको स्वास्थ्य बारे बिभिन्न अन्तराष्ट्रिय संचार मध्यमहरुले अड्कल काटिदैं आएका थिए ।२० दिन पछि किमको उपस्थितिले उनि स्वास्थ्य भएको प्रमाण दिंदै यी सबै अड्कलबाजीमा रोक लगाएको छ ।

अप्रिल १५ मा उनको अनुस्थिति पश्चात उनको खोजि गरि स्याटेलाइट तस्बिर र रिपोर्टहरु सार्वजनिक भएका थिए । कसैले उनको मृत्यु भईसकेको देखी उनको कार्डियोवेस्कुलर सर्जरी भएको दाबी गरेका थिए ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सोमबार आफुलाई किमको स्वास्थ्य अवस्थाबारे सबै कुरा थाहा भएको तर अहिले कुनै आफुले यो अरेमा कुनै प्रतिक्रिया नदिने बताएका थिए ।