काठमाडौं । भारतमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो समय भारतमा दैनिक ठुलो संख्यामा कोरोना संक्रमित भेटिन थालेका छन् ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा भारतमा ८९ हजार १० जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ५९ लाख ९० हजार ५ सय ८१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १ हजार १ सय २४ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९४ हजार ५ सय ३४ पुगेको छ ।

त्यस्तै हालसम्म ४९ लाख ३८ हजार ६ सय ८८ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here