Dashain Banner
Dashain Banner
हिमाल दैनिक
यू–१९ महला विश्वकप क्रिकेट खेल्न नेपाली टोली मलेसिया प्रस्थान

यहि माघ ५ गतेदेखि मलेसियामा सुरु हुने यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोली मलेिसया प्रस्थान गरेको छ।

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विश्वकप खेल्ने नेपाली टोलीको बिदाई गरेको हो।

कार्यक्रममा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यान सचिव पारस खड्का लगायतले नेपाली टोलीलाई शुभकामना दिदै विदाइ गरेका थिए।

सो क्रममा खेलकुदमन्त्री चौधरीले उच्च आत्मबलका साथै खेल प्रदर्शन गर्न खेलाडीहरुलाई शुभकामना व्यक्त गरे। उनले नेपाली टोलीले बिजयका साथ नेपालको छाप छाड्ने विश्वास पनि व्यक्त गरे।

त्यस्तै क्यान सचिव पारस खड्काले नेपाली महिला क्रिकेटका लागि यो प्रतियोगीता निकै महत्वपूर्ण रहेको र आगामी दिनमा महिला क्रिकेटलाई बलियो बनाउन भूमिका खेल्ने बताए।

त्यस्तै यू–१९ महिला टोलीका प्रशिक्षक महेश प्रसाद रिजालले विश्वकपका लागि निकै उत्साहित रहेको र तयारी पनि निकै राम्रो भएको जानकारी दिए।

उनले १० दिन चितवनमा अभ्यास गर्दा टीमलाई सुधार गर्ने बिषयमा ध्यान केन्द्रीत गरेको बताए।

त्यस्तै यू–१९ कप्तान पूजा महतोले पहिलो पटक विश्वकपमा खेल्न पाउदा निकै खुसी लागेको भन्दै अन्य देशलाई चूनौति दिने गरि खेल प्रदर्शन गर्ने बताए।

माघ २० सम्म सञ्चालन हुने विश्व कपमा नेपाल सहित १६ टोलीले सहभागिता जनाउनेछन्। नेपाली महिला टिमले पहिलोपटक विश्वकप खेल्न लागेको हो। माघ ५ गते बंगलादेशविरुद्ध खेल्दै नेपालले विश्व कपको सुरुवात गर्नेछ भने दोस्रो खेलमा स्कटल्याण्ड र समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाको सामना गर्ने क्यानले जनाएको छ।

Friday, Jan 10