हिमाल दैनिक
उदयपुर जिल्ला सिल गर्ने प्रदेश सरकारको निर्देशन
pradesh-1
एकै दिनमा उदयपुरमा मात्र ११ मा कोरोनाको सक्रमण देखिएपछि प्रदेश १ सरकारले जिल्ला नै सिल गर्ने आदेश दिएको छ।दिनभर एकाएक ११ जनामा र उदयपुरमा मात्र २४ जनामा संक्रमण देखिएपछि प्रदेश सरकारले जिल्ला नै सिल गर्ने आदेश दिएको हो । २९ दिन देखि लकडाउन भईराखेको बेला प्रदेश सरकारले उदयपुरमा थप कडाई गर्न सुरक्षा संयन्त्रलाई आदेश दिएको छ। मंगलबार काठमाडौँ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणबाट उदयपुरमा ११ जनामा संक्रमण भेटिएपछि जिल्ला नै सिल गर्ने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिएका छन्। शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा १३ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका ६९ जनाको पिसिआर परीक्षण गरिएको थियो। परिक्षणमा ६९ मध्य ८ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि दिउसो क्रस चेक गर्न धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको थियो । त्यहाँ उनिहरुको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएपछि उनिहरुमा कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ। यी आठ जना मस्जिदको आसपासमा बस्ने बासिन्दा हुन्। उनिहरुलाई दिउसै उदयपुरबाट दुइटा एम्बुलेन्समा धरान बिपी स्वास्थ्य प्रतिष्ठानको आइसोलेसनमा लगिएको थियो । त्यस्तै टेकुमा गरिएको परीक्षणका क्रममा तीन जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानेको छ । यसअघि टेकुमा गरिएको परिक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। नेपालमा यससंगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या ४२ जना पुगेको छ भने स्वास्थ्य अवस्था सामान्य भएपछि ४ जना डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update