वीरगञ्जका उद्योगीद्वारा नारायणी क्षेत्रीय अस्पताललाई ४५ सय भिटिएम किट हस्तान्तरण

वीरगञ्जका उद्योग व्यवसायीहरुले नारायण्ी क्षेत्रीय अस्पताललाई कोरोना भाइरस (कोभिड १९) को परिक्षणका लागि आवश्यक भाइरस संकलन गरी ल्याउने उपकरण (भिटिएम) किट उपलब्ध गराएका छन्।
नेपाली कांग्रेसका पूर्व सभासद तथा उद्योगपति अनिल रुंगटाका अनुसार, उद्योगपतिहरु निर्मल गुप्ता, विकास पटवारी र केतन गुप्तासहित आफूहरुले वीरगञ्जस्थित कोरोना भाइरस परिक्षण तथा उपचार केन्द्रको रुपमा रहेको नारायणी क्षेत्रीय अस्पताललाई ४ हजार ५ सय थान भिटिएम किट उपलब्ध गराएका हुन्।
अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार, करिब १२ लाख रुपैयाँको हाराहारीमा उद्योगीहरुले खरिद गरी ल्याएको भिटिएम किट मंगलबार एक कार्यक्रमकाबीच अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट मदन लम्साललाई हस्तान्तरण गरिएको हो।
पछिल्लो समय देशभरीका सबै जिल्लामा संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको छ। यसमा पनि दुई नम्बर प्रदेशका अधिकांश जिल्लाका नागरिकहरु जो भारतका विभिन्न शहरहरुमा रोजगारीका लागि गएर फर्किएपछि संक्रमितको संख्या अत्याधिक रुपमा बढीरहेको छ। त्यसका बाबजूद राज्यले कोरोना भाइरस परिक्षणका लागि पर्याप्त मात्रामा पिसिआर र भिटिएम किट उपलब्ध गराउन नसक्दा परिक्षणको संख्या घट्दै गएकोबेला स्थानीय व्यवसायीले उपलब्ध गराएको भिटिएम किटले अस्पतालको चाप कम गर्न मद्दत पुर्याएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय