हिमाल दैनिक
पूर्वस्वास्थ्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले पोखरा महानगरपालिकाको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा रु ५० हजार सहयोग गरेका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद अधिकारीले महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई सो रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा उनले बन्दाबन्दीका कारण कोही पनि भोको बस्नुपर्ने अवस्था आउन नदिन प्रभावकारी एवं व्यवस्थितरूपमा राहत वितरण गरिनुपर्नेमा जोड दिए  । सांसद अधिकारीको पहलमा रुपा गाउँपालिका–६ रुपाकोटमा रहेका मुस्लिम समुदायका १२५ परिवारका लागि राहत प्रदान गरिएको छ । उनले चामल, तेल, दाललगायत दैनिक उपभोग्य राहत सामग्री गाउँपालिकाका अध्यक्ष नवराज ओझालाई हस्तान्तरण गरेका हुन् । अध्यक्ष ओझाले रु डेढ लाख बराबरको दैनिक उपभोग्य राहत सामग्री तत्कालै मुस्लिम समुदायलाई वितरण गरिएको जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update