हिमाल दैनिक
पोखरा महानगरको राहत कोषमा प्याब्सनको पाँच लाख
pabson-pokhara
पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा निजी विद्यालयको छाता संस्था प्याब्सन कास्कीले रु पाँच लाख सहयोग गरेको छ । प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई रु पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रमुख जिसीले सङ्कटका बेलामा प्याब्सन कास्कीले गरेको सहयोग सराहनीय भएको बताए । जिसीले आ–आफ्नै ढङ्गले राहत वितरण गर्दा जोखिम बढ्ने हुँदा महानगरपालिले व्यवस्थित तरिकाले एकद्वार प्रणालीमार्फत राहत वितरणको योजना बनाएको बताए । कोषमा शुक्रबारसम्ममा रु १४ लाख २७ हजार ७६६ सङ्कलन भएको छ । कोरोना भाइरस सङ्क्रमणलाई फैलिन नदिन सरकारले गरेको लकडाउनको समयमा अतिविपन्न र जोखिममा परेका परिवारलाई राहत वितरण गर्न पोखरा महानगरपालिकाले राहत कोष स्थापना गरेको हो । विषम परिस्थतिमा महानगरले थालेको अभियानमा सहयोग गर्न महानगरपालिकाले सबैमा आह्वानसमेत गरेको छ । राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकमा कोषको नाममा रहेको खाता नं ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ ।
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update