हिमाल दैनिक
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संक्रमितको संख्या आज थपिएको छ। पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार, दोलोखाका ७६ वर्षीय पुरुषको केही दिन अघि काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका लागि आइसियुमा भर्ना भएकोमा निजको त्रिवि शिक्षण अस्पतालमा आज निधन भएसँगै नेपालमा कारोना संक्रमितको मृत्यु हुने संख्या ९ पुगेको छ। साथै नेपालमा विगत २४ घण्टाको अवधिमा कोरोना भाइरसका थप २ सय १ नयाँ संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार, देशका विभिन्न जिल्लाबाट संकलन गरी विभिन्न प्रयोजशालामा गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको बताएका हुन्। यसरी नेपालमा कोरोना संक्रमणबाट संक्रमित हुनेको कुल संख्या २३ सय पुगेको छ। जसमध्ये पुरुषको संख्या २१ सय ३० पुगेको छ। अहिलेसम्म नेपालमा २ सय ८७ जना उपचारपछि घर फर्किएका छन्।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update