हिमाल दैनिक
आलोपालोमा कर्मचारी खटाउन देशभरीकै अस्पताललाई मन्त्रालयको निर्देशन
swasthy-mantralay
स्वास्थ्य सेवामा संलग्न स्वास्थ्यकर्मी तथा सहयोगीहरुमा संक्रमण हुँदा सेवा प्रवाह प्रभावित हुन सक्ने सम्भावनालाई ध्यान दिँदै स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरुलाई आफ्नो जनशक्तिलाई सुरक्षित र व्यवस्थित गरी दुई समूहमा आलोपालो खटाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवामा संलग्न जनशक्तिलाई दुई समूहमा आलोपालो ड्युटीमा लगाउन अस्पतालहरुलाई आग्रह गरेको जानकारी दिएका छन्। मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार, एउटा टोलीलाई एक हप्ता र अर्को टोलीलाई अर्को हप्ता ड्युटीमा लगाई स्वास्थ्य सेवाको निरन्तरता दिन भनिएको छ।    
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update