हिमाल दैनिक
कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्ने क्रम जारी रहँदा नेपालमा संक्रमितको संख्या ६ सय ७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान जारी गरेको विज्ञप्ति अनुसार, देशका विभिन्न जिल्लाबाट संकलित पिसिआर परिक्षणमा ७२ जनामा कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो। मन्त्रालयको अनुसार, आज काठमाडौंमा टोखा नगरपालिकाका दुर्इै र बुढानिलकण्ठका एकसहित तीन जना संक्रमित भेटिएका छन्। आज सबैभन्दा बढी रौतहट जिल्लामा २६ जना संक्रमित भेटिएका छन् भने बारामा २३ जनाको रिपोर्ट पोजेटिभ भेटिएको छ। केही दिन अघि एक जनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको दैलेखमा आज थप ७ जनामा पोजेटिभ लक्षण् देखिएको छ। त्यसैगरी बाँके, कपिलवस्तु, र धुनुषामा तीन तीन जना, सप्तरीमा दुई, वर्दियामा एक जनामा संक्रमणको पुष्टि भएको छ। नेपालमा अहिलेसम्म तीन जनाको ज्यान गइसकेको छ भने ८७ जना संक्रमितको उपचारपछि निको भएको छ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update