एकै दिन थप ८० जनामा कोरोना संक्रमण पुष्टि, जम्मा संक्रमित ३७५
नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ। सोमबार साँझ थप १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा सोमबार एकै दिन ८० जना नयाँ कोरोना संक्रमित फेला परेका हो।
सोमबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अध्यावधिक विवरण अनुसार १८ जना थपमा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमित संख्या ३७५ पुगेको छ।
— Ministry of Health & Population, Nepal (@mohpnep) May 18, 2020राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगन्ज र कोशी अस्पताल विराटनगरमा गरिएको परिक्षणबाट १८ जना नयाँ संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार धनुषामा २ पुरूषहरू, खोटाङ हलेसीका एक पुरूष, बाँके नरैनापुरका १२ जना पुरूष, दैलेख आठबिसकोट -१ निवासी एक पुरूष, सुनसरी र झापामा १-१ जना पुरूष फेला परेका हुन्। यसघि आजै दिउँसोसम्म कोरोना भाइरसको संक्रमित संख्या ६२ जना थपिएर ३५७ पुगेको थियो। आज फेला परेका संक्रमितमध्ये सबैभन्दा बढी बाँकेका छन्। बाँकेमा ५८ जना पुरूष र १ जना महिला गरी कुल ५९ जनामा संक्रमण भेटिएको छ। सोमबार विभिन्न समयमा अद्यावधिक गरिएको तथ्याङ्कका अनुसार सङ्रक्रमित मध्ये ९ जना रौतहटका हुन्। ती मध्ये ८ जना पुरुष र एक जना महिला छन्। धनुषामा तीन जना नयाँ संक्रमित फेला परेका छन्। यसैगरी बारा, मोरङ, गुल्मी, धादिङ, दाङ, दैलेख, खोटाङ, सुनसरी र झापाका १-१ जनामा कोरोना संक्रमण थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो । नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा दैलेखको आठविसकोट नगरपालिका–१ का १ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । सुर्खेतको वीरेन्द्रनगरमा गरेको परीक्षणमा पोजेटिभ देखिएपछि उनको भेरी अस्पतालमा पुन: परीक्षण गरिएको थियो । त्यस्तै खोटाङमा पनि पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । उनी हलेसी नगरपालिकाका निवासी पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैगरी सुनसरीमा पनि पहिलो पटक कोरोना संक्रमण देखिएको हो। संक्रमितमध्ये ३१६ पुरुष र ५९ जना महिला संक्रमित भएका छन्। यसअघि दुई जना संक्रमितको मृत्यु भइसकेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ३० हजार ७२३ पीसीआर र ६९ हजार ५६० आरडीटी विधिबाट परीक्षण गरिएको छ। बितेको २४ घण्टामा २ हजार ५५८ पीसीआर र १ हजार ७९१ आरडीटी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालका ७७ मध्ये ३३ जिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। तराईका सबै जिल्लामा कोरोनाभाइरसका संक्रमण देखिएको छ। पहाडमा धनकुटा, भोजपुर, उदयपुर, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, बाग्लुङ, दैलेख र गुल्मीमा कोरोनाभाइरसका संक्रमित भेटिएका छन्। कोरोनाभाइरसका कारण अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना निको भएका छन्। कुन जिल्लामा कति संक्रमित
जिल्ला | संक्रमित | मृत्यु | निको | उपचाररत |
बाँके | ९३ | १ | ० | ९२ |
पर्सा | ९१ | ० | ३ | ८८ |
कपिलवस्तु | ४२ | ० | ० | ४२ |
उदयपुर | ३३ | १५ | १८ | |
रुपन्देही | २८ | ० | १ | २७ |
रौतहट | २२ | ० | १ | २१ |
काठमाडौं | ९ | ० | ५ | ४ |
धनुषा | ८ | ० | ० | ८ |
बारा | ४ | ० | ० | ४ |
कैलाली | ४ | ० | ४ | ० |
दाङ | ४ | ० | ० | ४ |
चितवन | ३ | ० | २ | १ |
महोत्तरी | ३ | ० | ० | ३ |
सर्लाही | ३ | ० | ० | ३ |
मोरङ | ३ | ० | ० | ३ |
बागलुङ | २ | ० | २ | ० |
बर्दिया | २ | ० | ० | २ |
भक्तपुर | २ | ० | ० | २ |
झापा | ३ | ० | १ | २ |
धादिङ | २ | ० | ० | २ |
भोजपुर | १ | ० | १ | ० |
धनकुटा | १ | ० | ० | १ |
कञ्चनपुर | १ | ० | १ | ० |
काभ्रेपलाञ्चोक | १ | ० | ० | १ |
मकवानपुर | १ | ० | ० | १ |
नवलपरासी पूर्व | १ | ० | ० | १ |
नवलपरासी पश्चिम | १ | ० | ० | १ |
सप्तरी | १ | ० | ० | १ |
सिन्धुपाल्चोक | १ | १ | ० | |
सिराहा | १ | ० | ० | १ |
गुल्मी | १ | 0 | 0 | १ |
सुनसरी | १ | ० | ० | १ |
खोटाङ | १ | ० | ० | १ |
दैलेख | १ | ० | ० | १ |
जम्मा | ३५७ | २ | ३६ | ३२१ |
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय