कोरोना भाइरसको संक्रमणबाट नेपालमा सिन्धुपाल्चोककी एक महिलाको निधन भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ जारी गरेको प्रेस विज्ञप्ति अनुसार, सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिला वैशाख २३ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भई २४ गते सुत्केरी भइ २५ गते अस्पतालबाट घर फर्किएपनि उनलाई २७ गतेदेखि ज्वरो आएपछि उनलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएपनि स्वासप्रश्वासमा थप समस्या भएपछि धुलिखेल अस्पतालमा भर्न गरिएको थियो।
तर, निजको बिहिबार राती मृत्यु भएपछि उनको स्वाब परिक्षण पश्चात मन्त्रालयले उनको मृत्यु कोरोना भाइरसको कारण भएको पुष्टि गरेको हो।
कोरोना भाइरसबाट अहिलेसम्म कुनै पनि संक्रमितको निधन नभएकोमा आज निजको निधन पश्चात नेपाल पनि कोरोनाबाट मृत्यु हुने संक्रमितको सूचिमा थपिएको छ।
यसैबीच स्वास्थ्य मन्त्रालयले धनुषाका दुई नयाँ संक्रमितसहित नेपालमा संक्रमितको संख्या २८१ पुगेको छ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय