हिमाल दैनिक
कोरोना भाइरसका संक्रमितको संख्या दिनहुँ थपिने क्रममा बिहिबार साँझ थप तीन जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या २ सय ४९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले साँझ साढे ८ बजेसम्मको अध्यावधिक विवरण अनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परिक्षणमा काठमाडौं दहचोकका ७ वर्षीय बालकसहित जनकपुरमा १७ वर्षीय र धादिङकी ३) वर्षीय महिलामा संक्रमणको पुष्टि भएको छ। पछिल्लो हप्तामा विगत तीन दिनयता सरकारले कोरोना संक्रमणको परिक्षणमा गरेको तिब्रतासँगै संक्रमितको संख्या समेत ह्वात्तै बढेर गएपछि सरकारले लकडाउन आदेशमा गरेको खुकुलो पनमा थप कडाई गर्ने जानकारी दिएको छ। यसका बाबजूद पनि नेपाल र भारतको खुला सीमाबाट लुकीछिपी नेपाल आउनेदेखि देशका विभिन्न भागबाट सवारी पास दुरुपयोग गर्दै राजधानी आउने र जानेको संख्यामा राज्यले खासै नियन्त्रण गर्न सकिरहेको छैन।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update