
चीन सरकारले नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि चीन सरकारबाट प्राप्त स्वास्थ्य सामग्री नेपालका लािग चीनका राजदूत हउ यान्छीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई आज हस्तान्तरण गरिन् ।
जङ्गी अड्डामा भएको संक्षिप्त कार्यक्रममा राजदूत हउले कोभिड–१९ को महामारीविरुद्धको नेपाल सरकारको लडाइँमा सहयोग गर्नु मित्रराष्ट्रका हैसियतले आफ्नो मुलुकको दायित्व भएको बताईन । कठिन परिस्थितिमा नेपाली सेनालाई स्वास्थ्य सामग्री उपलब्ध गराएकामा प्रधानसेनापति थापाले चीन सरकारप्रति कृतज्ञता व्यक्त गरे ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय