हिमाल दैनिक
उपत्यकाको प्रमुख प्रवेश नाका रहेको चन्द्रागिरि नगरपालिकाको ९ नम्बर वडाकी एक महिलामा कोरोना संक्रमणको पोजेटिभ लक्षण देखिएपछि उक्त वडामा लकडाउनको आदेशमा थप कडाई गरिएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा पनि संक्रमितको संख्या भेटिएको सूचना सार्वजनिक गरेलगत्तै बुधबार चन्द्रागिरि नगरपालिकाको वडा नम्बर ९ मा अध्यक्ष देवेन्द्र महर्जनको अध्यक्षतामा बसेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वडा समिति सदस्यहरुको आकस्मिक बैठकले तीन बुँदे निर्देशन जारी गरेको छ। उक्त बैठकले सम्बन्धीत वडाका सार्वजनिक स्थलमा तरकारी विक्री वितरण, अन्य गाडीमार्फत तरकारी फलफूल विक्री वितरण तथा निर्माण सामाग्री ढुवानीमा समेत पूर्णरुपमा रोक लगाएको बैठकपछि अध्यक्ष महर्जनले जारी गरेको सूचनामा उल्लेख छ। कोरोना संक्रमणबाट बच्न र बचाउनका लागि वडाले वडाबासीहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, बाहिर निस्कनै पर्दा पनि अनिवार्य मास्क लगाएर मात्रै निस्कन र पसलहरुमा जाँदा पनि सामाजिक दुरी कायम गर्न गराउन अनुरोध गरेको छ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update