सरकारले अपनाएको सजगताका कारण कोरोना भाइरसका संक्रमितको संख्या न्यून रहेको दाबी गरिरहेकैबेला सोमबारको भन्दा दुई गुणा ज्यादा संक्रमित मंगलबार थपिएपछि सरकारको दाबीमा प्रश्न चिन्न खडा भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह सवा १ बजेको तथ्यांक सार्वजनिक गर्दै दिएको जानकारी अनुसार आज देशका विभिन्न भागमा ५७ जना नयाँ संक्रमित थपिएपछि नेपालका कूल संक्रमितको संख्या १ सय ९१ पुगेको छ।
मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्ति अनुसार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षण अनुसार ५७ जना पुरुषमा नयाँ संक्रमणको पुष्टि भएको हो।
उनीहरुमध्ये कपिलवस्तु जिल्लाका ८ जना, रुपन्देहीका ९, पर्सा जिल्लाका ३९ र वाराका एक जना रहेका छन्।
सोमबार मात्रै नेपालका सीमावर्ती विभिन्न जिल्लामा २४ जना नयाँ संक्रमितहरुको पुष्टि भएको थियो।
हालसम्म ३३ जना संक्रमितहरुको उपचार पछि निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय