
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ को सङ्क्रमण रोक्न जारी बन्दाबन्दीलाई प्रदेशमा थप कडाइ गरिने बताएका छन् ।
उनले मानवको पहिलो प्राथमिकता स्वास्थ्य भएकाले पछिल्लो समय फैलिएको सङ्क्रमणको अवस्थालाई हेरेर बन्दाबन्दीलाई कडाइ गर्न लागिएको जानकारी गराए ।
अहिलेको सङ्कट व्यवस्थापनको पहिलो र प्रभावकारी उपाय बन्दाबन्दी मात्र भएकाले सरकारले नागरिकलाई थप सचेत बनाउँदै लकडाउनलाई कडाइका साथ पालना गर्न लगाइने उनले उल्लेख गरे । मुख्यमन्त्री गुरुङले भने, “मानिसहरु पहिले घर जान हतारिए र अहिले फेरी आउन हतारिएका छन्, लकडाउन भनेको जो जहाँ छ, त्यही बस्ने हो, खान नपाए बरु सरकारसँग माग गर्ने हो, लकडाउनको विकल्प छैन ।”
प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता डा राजेन्द्र घिमिरेले सरकारको लक्ष्यअनुसार कृषि क्षेत्रमा लगानी गर्न सहकारी संस्थाहरुलाई आग्रह गरे । सम्पर्क समिति तथा सहकारीको सहकार्यमा लकडाउनका कारणले अप्ठ्यारोमा परेका लमजुङवासी २८ नागरिकलाई चामल, दाल, तेललगायत खाद्यान्न राहतस्वरुप वितरण गरिएको सम्पर्क समितिका सचिव माधव पनेरुले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय