नेपालमा कोरोना संक्रमणको संख्या बढेको छ।
शुक्रबार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको बिज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पतालमा गरिएको परिक्षणमा मकवानपुर र बाँकेमा ९ जनामा कोरोनाको संक्रमण देखिएको हो । संक्रमण हुने मकवानपुर निवासी ३७ बर्षिय पुरुष र बाँके नैनपुरमा १८,२०,२२,२५,२५,२७,३२,४६ बर्षिय पुरुषहरु रहेका छ। हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
यस संगै नेपालमा कोरोनाको संक्रमण हुनेको संख्या २५८ पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय