हिमाल दैनिक
स्वास्थ्य मन्त्रालयले बिहिबार कोरोना संक्रमणको संख्या सच्चाएको छ । मन्त्रालयले एकाबिहान लगातार दुई बिज्ञप्ति गरि गर्दै कोरोना संक्रमणको संख्या २५० नाघेको बताएको थियो। सात जनामा संक्रमण देखिएको भन्दै जारी गरेको बिज्ञप्ति केहि घण्टामा नै सच्चाएर जम्मा दुईमा मात्र देखिएको पुष्टि गरेको छ।  मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले १०.१५ बजे पछिल्लो विज्ञप्ति जारी गरी नयाँ देखिएका पाँच संक्रमित पुरानै रहेकाले संक्रमितको संख्या २४५ जना नै रहेको स्पष्ट गरे ।  यसअघि मन्त्रालयले ७.४५ बजे जारी गरेको विज्ञप्तिमा धनुषा, महोत्तरी र सर्लाही तीन जिल्लाका पाँच जना नयाँ सङ्क्रमित भनिएकामा सच्याइएको उनले जानकारी दिए । “अद्यावधिक विवरणअनुसार कोभिड –१९ को पुष्टि भएकाहरुको जम्मा संख्या २४५ नै रहेको छ”, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “ पछिल्लो अद्यावधिक विवरणअनुसार २५० भएकामा प्राविधिक कारणले पहिल्यै नै पुष्टि भएका पाँच जनाको विवरण पुनः रिर्पोटिङ भएको जानकारी गराउन चाहन्छु ।” यसअघि मन्त्रालयले २५० जनामा कोभिड –१९ भएको पुष्टि गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले आज देखिएका नयाँ संक्रमितमध्ये काठमाडौँ, चन्द्रागिरिका ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका रहेको बताए । मन्त्रालयले पहिले बिहान ६.१५ बजे दुई र पछि ७.४५ बजे पाँच जना नयाँ संक्रमित भन्दै विज्ञप्तिमार्फत जानकारी गराएको थियो । पछिल्लो चार दिनमा लगातार बढ्दै गएको संक्रमणको संख्याले नेपाली जनमानसमा त्रासको माहोल सिर्जना भएको छ । यस्तो बेलामा स्वास्थ्य मन्त्रालयले गरेको यस्तो त्रुटीले मन्त्रालयको सत्यतामाथि प्रश्न खडा भएको छ। स्वास्थ्य जस्तो संबेदनशील बिषयमा मन्त्रालयको यस्तो लापरबाहीले जनतामा थप असंखा र त्रास फैलिएको छ। मन्त्रालयले सच्चाएपछि नेपालमा संर्कमित को संख्या २४५ भएको छ ।  
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update